साताको दोस्रो दिन के होला त सुनचाँदीको बजार भाउ ?

सुनको मूल्य

काठमाडौं । साताको दास्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आईतबार ६२ हजार ६०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज घटेर ६२ हजार ३०० रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६२ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार ४१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५३ हजार १६० रुपियाँ कायम गरेको छ ।

united

त्यस्तै, चाँदीको मूल्य ७१५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।