पर्यटकको लागि कठोर बन्दै रोम सिटी: सर्टको टाँक खोलेर घुम्न प्रतिबन्धदेखि धेरै खाँदा पनि आपत्ति

Advertisement

इटाली । इटालीको शहर रोम घुम्न जाने पर्यटकहरुका लागि सिटी काउन्सिलले नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । सिटी काउन्सिलले हालै पुराना नियमहरुमाथि परिवर्तन गरेको हो ।

रोमको ऐतिहासिक स्थान फाउन्टेनमा मुख लगाएर पानी पिउन र सर्टको टाँक खोलेर घुम्न प्रतिबन्ध लगाएको छ । अब पर्यटकहरुले फाउन्टेनसँग खेल्न पाउने छैनन् र यो नियम तोड्नेले जरिवाना तिर्नुपर्नेछ ।

अधिकारीहरुको नजर धेरै खाजा (स्न्याक्स्) खाने पर्यटकहरुमाथि पनि परेको छ । किनकि स्न्याक्ससँगै पर्यटकहरुले टमाटर सस र मोजेरेला चीज पनि खसाल्छन् । जसले ऐतिहासिक स्थानको सुन्दरतामा आँच पुग्ने र सरसफाइ गर्न पनि असर पर्ने अधिकारीहरुले बताएका छन् ।

सिटी काउन्सिलले एक बयानमा भनेको छ, ‘प्रत्येक वर्ष आउने पर्यटकहरुको असामाजिक व्यवहारमाथि अंकुश लगाउन पहिलेदेखि नै कदम चालिँदै आइएको थियो ।’

रोमको ट्रेभी फाउन्टेन पर्यटकहरुको सबैभन्दा प्यारो स्थान हो । पर्यटकहरु फाउन्टेनभित्र जान्थे र ऐतिहासिक फाउन्टेनमा मुख लगाएर पानी पिउने गर्दथे ।

त्यसैगरी स्मारकमा लभ लक लगाउनु (प्रेम अंकित गर्नु) पनि अपराध गरेसरह नै ठहरिनेछ । रोम सरकारले विदेशी दूतावासहरुलाई नयाँ नियमको बारेमा जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement