गृहमन्त्रीको जवाफ माग्दै कांग्रेस सांसदले गरे संसद अवरुद्ध

Advertisement

काठमाडौं । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको छ ।

आईतबार सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको थियो । साथै, सडकमा प्रदर्शन भएपछि माइतघर परिसर भएर सञ्चालन हुने सवारीसाधन अवरुद्धसमेत भएको थियो ।

गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए।

कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

Advertisement

Advertisement

Advertisement