कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

Advertisement

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको सुवर्णपुर गाउँपालीका वडा नम्वर ४ घर भएका प्रकाश अधिकारी भनेर चिनिने (देवी रमन अधिकारी)लाई प्रहरीले रुपन्देही सिद्धार्थनगर वडा न. १ बेलहियाबाट पक्राउ गरेको हो ।

अभियुक्त अधिकारीले भक्तपुर जिल्लाको कटुञ्जेमा आफु स्वंयम कार्यरत घरकी ३३ वर्षकी विजयश्वरी प्रजापतीको २०५७ साल असार ८ गते हत्या गरेका थिए । अधिकारीले विहान–बेलुका घरको काम सघाउने तथा दिउँसोको समयमा माटो बनाउने ठाउँमा काम गर्दै आएका थिए ।

अधिकारीले उक्त कार्यरत घरमा १३ हजार पैसा माग्दा नपाएपछि आठ तोला सुन चार हजार पर्ने लेडीज ज्याकेट तथा छ हजार नगद लिएर बिजयश्वरी प्रजापतीको चक्कु प्रहार गरेर हत्या गरी फरार भएका थिए । प्रहरी अनुसन्धान व्युरो(सीआईबी)ले अधिकारी फरार भएर भारत पुग्दा पनि नेपाल आउने जाने गर्ने क्रममा प्रक्राउ परेको हुन् ।

अधिकारी नेपालमा नै रहँदा पनि विवाहीत थिए उनका दुईओटा बच्चा थिए भने पछि भारतमा गएर पनि विवाह गरी दुईओटा बच्चा छन् । उनको अहिले चारवटा बच्चा तथा दुईओटा श्रीमती छन् ।

Advertisement

Advertisement

Advertisement