आँटामा भ्याट लगाउन थालेकोप्रति मैदा व्यवसायी असन्तुष्ट, ‘यो तरिकाले कृषिमा आत्मनिर्भर भइँदैन’

Advertisement

काठमाडौं । नेपाल मैदा उद्योग संघ दैनिक जीवनमा नभइनहुने अत्यावश्यक खाद्य बस्तु गहुँको पिठो (आँटा)मा चालु आर्थिक बर्षदेखि मूल्य अभिबृद्दी कर (भ्याट) लगाउँदा अर्बौंको लगानी रहेको लगभग ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिममा पर्ने अवस्था आएको बताएको छ ।

भारतबाट बैध वा अबैध तरिकाले आउने मैदा÷आँटासँग अब प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन भन्दै संघले स्वदेशमै आत्मनिर्भर भईसकेको आँटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थपिदिँदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने बताएको छ ।

सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरे पनि व्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नुपर्ने संघको भनाई छ । उद्यमीहरु निरुत्साहित बनाउने गरी गरिएको कर वृद्धिका कारण अबका केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प नरहेको उसको भनाई छ । करोडौंको लगानी गरेर उद्योग स्थापनामा जोखिम लिनुभन्दा ट्रेड ब्यापारले प्रोत्साहन पाउने भएको छ भन्दै जसले गर्दा भोलिका दिनमा नेपाल पूर्णरुपमा कृषि खाद्य बस्तु आयात देश बन्ने निश्चित भएको जनाएको छ ।

सर्वसाधारण र न्यून आयस्तरका मानिसले समेत दैनिक खाद्यान्नको रुपमा खाने आँटा जस्तो सम्वेदनशील खाद्य बस्तुमा मूअकर लागेको भन्दै संघले यो करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने हुँदा यसलाई बेलैमा सच्याउन आग्रह गरेको छ । भ्याटकै कारण अब आँटाको मूल्य लगभग प्रति केजी ५ देखि ६ रुपियाँ बढने संघको भनाई छ ।

संघको विज्ञप्तिमा उल्लेखित मैदा उद्योगका चुनौतिहरु:
क) बिगतमा मैदा उद्योगहरु रुग्ण बन्दै गएको यथार्थता मनन गरी सरकारले मैदामा मू. अ. कर छुट दिई उद्योग संरक्षण गरेकै कारण स्वदेशी मैदा उद्योगहरु आज आत्मनिर्भर भएकोे हो । मैदामा दिदै आएको मू. अ. कर छुट सुबिधा गत बर्ष हटाएको र अहिले आंटामा समेत मू. अ. कर लगाएकोले उद्योगहरु पुन समस्यामा पर्ने निश्चित छ । नेपाली जनताको स्वास्थ्यलाई ध्यानमा राखी मानव शरिरमा देखिने रक्तअल्पता र कुपोषण कम गर्ने उदेश्यले नेपालको मैदा मिलबाट उत्पादन हुने गहुंको पिठोमा आईरन, भिटामिन ए र फोलिक एसिड अनिवार्य गरेको छ । नेपाल भित्रिने आंटामा ति तत्वहरु समिश्रण नगर्ने भएकोले सरकारको प्mलोर फोर्टिफिकेसनको लक्ष्य असफल हुने निश्चित छ ।

ख) नेपालमा मधुमेहको बिरामी अत्याधिक मात्रामा बढिरहेको अवस्था छ । ति बिरामिको स्वास्थ्यलाई ध्यानमा राखि डाक्टरलेनै रोटी खाने सल्लाह दिने र सर्बसाधारण आम उपभोक्ताको सहज पहुंच समेत भएकोले पनि सबैको प्रिय खाना रोटी हो । चामलको सट्टा रोटीले नै मानव शरिरलाई फाईदा पुग्ने डाक्टरले समेत प्रमाणित गरेको छ । गहुंको पिठो सबैलाई मन पर्ने र प्रिय खाद्य बस्तु भएकोले परापूर्व कालदेखिनै नेपालमा रोटी खाने प्रचलन धेरै छ ।

ग) अब बैद्य वा अबैद्य तरिकाबाट भारतिय आंटा नेपाल भित्रिदा अझ बढी चुनौतिको सामना गर्नु पर्ने भयो । भारतीय आँटामा जीएसटी लाग्ने हुंदा अहिले पनि नेपाली मैदा भन्दा भारतिय मैदा धेरै सस्तो छ । भारतिय सिमाक्षेत्रमा नेपाली बजारलाई लक्ष्य गरी खोलिएका अध्याधुनिक ठुला मैदा मिलहरुलाई नेपाल सरकारको यो निर्णयले धेरै फाईदा पुगेको छ । अहिले पनि नेपालको तराई क्षेत्रमा भारतीय मैदा÷आंटा बिक्री हुन थालिसकेको छ । जुन अनुगमनबाट पनी जानकारी दिन सकिन्छ ।

घ) गहुं नेपालको तेस्रो प्रमुख खाद्यान्न वालि हो । कृषि अनुसन्धान केन्द्रले गहुंको उत्पादन बढाउन नयां विउको अनुसन्धान र उत्पादनमा जोड दिईरहेको छ । आंटाको बजार बिस्थापित हुंदा किसानले गहुंको उचित मुल्य नपाउने र कृषि अनुसन्धान केन्दको लगानि समेत जोखिममा पर्ने निश्चित छ । गहुं खेति सुख्खा याममा हुने नगदे वालि भएकोले त्यो समयमा अन्य वाली लगाउने चलन नेपालमा छैन । अब गहुं नलगाउने हो भने खेतिनै बांझो राख्नु पर्ने बाध्यता आईपर्ने हुंदा यसले किसानलाई मात्र नभई देशको कृषि क्षेत्रलाईनै प्रत्यक्ष असर गर्दछ । नेपाली गहुं यहांका उद्योगमा प्रयोग नहुने हो भने गहुंखेतिनै बिस्तारै बिस्तारै लोप हुदै जान्छ । स्मरण रहोस तोरी तेलमा मू. अ. कर लगाएकै कारण अहिले नेपालमा तोरी खेति बिस्थापित हुंदै गएको हो ।

सुझाबहरु:

१. हामी उद्यमी व्यवसायीहरु मूअकर बिरोधी होईनम् । कृषिमा आधारित उद्योगको लागि यो दर धेरैनै उच्च छ । अत्यावश्यक दैनिक उपभोग्य खाद्य बस्तु र विलासिताको बस्तुमा करको दर समान भएकोले बिचार गरी दिन नेपाल सरकार समक्ष अनुरोध गर्दछौं । मूअकर को संरचनालाई बेलैमा परिमार्जन गरी मल्टिपल भ्याट (मुअकरमा बहुदर)मा जाँदा राम्रो हुन्छकी भन्ने हाम्रो संघको अनुरोध छ ।

२. दैनिक ज्यालादारिमा कामगर्ने कामदार अल्पकालिन र अनपढ हुने हुनाले सबैलाई स्थायी लेखा नम्बर (प्यान) लिन अब्यवहारिक र असम्भब हुने भएकोले सो कारण बाट कल कारखानामा बिकट समस्या भई कामदारको अभावका कारण उद्योग कलकारखाना बन्द गर्नु पर्ने स्थिति आउन सक्ने हुंदा स्थायी लेखा नं. अनिवार्य गर्दा भोलिको दिनमा यसले बिकराल समस्या उत्पन्न गर्न सक्छ ।

तसर्थ, आंटामा लागाएको भ्याटले किसान, उपभोक्ता, व्यवसायी, नेपाल सरकार कसैलाई पनि फाईदा नहुने उल्टो सबै पक्षलाई बेफाईदा मात्र हुने हुंदा थप अध्यायन सहित आंटामा लगाईएको मुल्य अभिबृद्दी कर भ्याट फिर्ता गरी स्वदेशी मैदा उद्योग बाचाई दिन यस संघको तर्फबाट बिनम्र अनुरोध गर्दछौं ।

Advertisement

Advertisement

Advertisement