राजधानीका तीन स्थानमा मनसुन मोबाइल मेगा अफर सुरु

Advertisement

काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइने छ । आईमार्स मिल्की वे एम २, लेनोभो के ६ नोट, आई मार्स भी सन ६ लगायत मोडलका मोबाइलको हकमा यो अफर लागू हुने जनाइएको छ । मेलाको आकर्षणका रुपमा रहेको आईमार्स मिल्की वे एम टू मोबाइल १५ हजार ९९९ रुपियाँमा दुई वटा सेट खरिद गर्न सकिने छ ।

दुई वटा सिमकार्ड प्रयोग गर्न सकिने मिल्की वे एम २ मोबाइलमा ओ एस एण्ड्रोइड ८.१ भर्सन तथा ३२०० एमएएचको ब्याट्ी छ । ५ दशमलव ४५ इञ्चको क्यूएचडी आईपीएस स्क्रीन रहेको मिल्की वे २ मा ८ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ । २ जीबी र्याम तथा १६ जीबी स्टोरेज रहेको मिल्की वे २ गोल्डेन तथा ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

२५ हजार ९९९ रुपियाँमा २ वटा मोबाइल खरिद गर्न सकिने लेनोभो के ६ नोटमा ४ जीबी र्याम तथा ३२ जीबी स्टोरेज छ । ८ मेगा पिक्सेलको फ्रण्ट तथा १६ मेगापिक्सेलको रियर क्यामेरा रहेको के ६ नोटमा ४ हजार एमएएचको व्याट्री छ । फूल मेटल डिजाइन युक्त के ६ नोटमा फिंगरप्रिन्ट सेन्सर, डल्बी अटमस साउण्ड, ५.५ इञ्चको एफएचडी स्क्रीन तथा २ वटा सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

१० हजार ४९९ रुपियाँमा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७ तथा ५ इञ्चको एचडी आईपीएस स्क्रीन छ । यसका साथै १ जीबी र्याम, १६ जीबी स्टोरेज तथा २२०० एमएएचको व्याट्री रहेको भि सन ६ मा २ वटा सिम प्रयोग गर्न सकिन्छ ।

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिने जनाइएको छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको मेला आयोजकले जनाएका छन् ।
मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमाको टिकट निःशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ । सोमबारदेखि सुरु भएको मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement