नेपाल बङ्गलादेश बैंकको रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले नेपाल रेड क्रस सोसाईटिको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । संघले आफ्नो २५औं वार्षिकोत्सव २०७६ को अवसरमा बैंकको प्रधान कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा कर्मचारी तथा बैंकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका थिए । रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement