सरकारले सबै सांसदलाई ल्यापटप दिने, तर अधिकांशले चलाउन जान्दैनन्

Advertisement

काठमाडौं । सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप वितरण गर्ने तयारी गरेको छ । सरकारका कामकाजलाई पेपरलेस बनाउन सांसदलाई ल्यापटप वितरण गर्न लागिएको हो ।

संघीय सांसदका ३ सय ३४ जना सदस्यले र प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् । सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो ।

संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो । राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो ।

संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै छन् । त्यसैले ल्यापटप दिएपछि प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना सचिवालयको छ । संसद सचिवालयले हरेक वर्ष क्षमता अभिवृद्धि शीर्षकमा बजेट छुट्याउने गरेको छ । यो सोही शीर्षकको बजेट हो ।

Advertisement

Advertisement

Advertisement