राष्ट्र बैंकका ५ निर्देशकलाई कामू कार्यकारी निर्देशकको जिम्मेवारी दिईयो

Advertisement

काठमाडौं । राष्ट्र बैंकको व्यवस्थापनले पाँच जना निर्देशकलाई कायममूकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । बैंकले मंगलबारबाट लागु हुने गरि जिम्मेवारी दिएको हो ।

राष्ट्र बैंकमा कार्यरत पाँच जना कार्यकारी निर्देशकले ३० वर्षे सेवा अवधिका कारण अवकास पाएसँगै पदपुर्तिका लागी पाँच जना निर्देशकलाई कामूको जिम्मेवारी दिईएको हो ।

निर्णय अनुसार नरेश शाक्यले बैकिङ कार्यालय, सुमनकुमार अधिकारीले राष्ट्र ऋण व्यवस्थापन, प्रकाशकुमार श्रेष्ठले लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्था नियमन विभाग र सरिता भट्टले विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement