नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि ११ प्रतिशतले बढ्दै

Advertisement

काठमाडौं । नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि ११ प्रतिशतका दरले बढ्ने गरेको पाइएको छ । २०७४ सालमै सार्वजनिक हुनुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्याङक नभए पनि अहिले देशभर झण्डै एक लाख ५६ हजार जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको अनुमान रहेको मन्त्रालयको लागुऔषध नियन्त्रण महाशाखाले जनाएको छ ।

२०६३ सालमा गरिएको सर्वेक्षणमा ४६ जना लागुऔषध प्रयोगकर्ता रहेकोमा २०६९ मा ९१ हजार पाँच जना पुगेको तथ्याङक छ । ५/६ वर्षमा अध्ययन प्रतिवेदन सार्वजनिक हुनुपर्ने भए पनि हुन नसकेको र मन्त्रालयले यसै वर्ष प्रतिवेदन सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा रहेको महाशाखाले जनाएको छ ।

जिल्लागत सर्वेक्षणपछि अहिले तथ्याङक संकलनको काम भैरहेको छ । गृह मन्त्रालयका अनुसार लागुऔषध दुर्व्यसनीमध्ये ५७ प्रतिशतले सुईका माध्यमबाट प्रयोग गर्ने गरेका छन् । नेपालमा बर्सेनि जुन २६ मा लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

Advertisement

Advertisement

Advertisement