सेयर बजारमा नगन्य सुधार, कारोबारमा शिवमको अग्रता

Advertisement

काठमाडौं । धेरै दिनपछि सेयर बजारमा मंगलबार नगन्य सुधार देखिएको छ । आज नेप्से परिसुचक शुन्य दशमलव १७ प्रतिशतले मात्रै बढेको छ भने कारोबार घटेर ४८ करोड रुपियाँमा सीमित भएको छ ।

कारोबारमा सबैभन्दा अगाडि शिवम सिमेन्ट्स रहेको छ । उसको तीन करोड ७८ लाख रुपियाँको कारोबार भएको छ भने दोस्रोमा एनआइसी एसियाको दुई करोड ७८ लाख रुपियाँको कारोबार भएको छ ।

अघिल्ला दिनहरुमा घाटा सहँदै आएका पाँचथर पावर कम्पनीका लगानीकर्ताले आज भने नाफा धेरै गरेका छन् । घाटा धेरै खानेमा नेपाल हाइड्रोपावर डभलपर्स लिमिटेड रहेको छ ।

विशेषगरी व्यापार समूहमा उच्च वृद्धि हुँदा नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । यो समूहको सुचक तीन दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । आज छ वटा समूहमा सुधार आएको छ भने बाँकीमा गिरावट भएको छ ।

Advertisement

Advertisement

Advertisement