सलाम एयरको रक्तदान कार्यक्रम सम्पन्न, ७५ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । आइएमई ट्राभल्स जिएसए भई विगत सेप्टेम्बर देखि संचालनमा आएको सलाम एयरको आयोजनामा लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सलाम एयरले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरेका थिए ।

दुर्लभ रक्त समुह भएका भोला सापकोटा पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । रक्तदान जस्तो सामाजिक कार्यमा सरिक हुनुहुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद दिए ।

सामाजिक उतरदायित्व अन्तर्गत सलाम एयरलायन्सले रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौंका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सलाम एयरको नेपाल जीएसए हो । मध्यपूर्वी एसियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहाने नेपालीहरुलाई लक्षित गरि सलाम एयरले आइएमई ट्राभलको सहकार्यमा हवाई सेवा संचालनमा ल्याएको जनाईएको छ ।

Advertisement

Advertisement

Advertisement