उदयपुर गोल्डकप जेठ ३२ गतेबाट सुरु हुने

उदयपुर । उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण आगामी जेठ ३२ गतेबाट सुरु हुने भएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘थरुहट रंगशाला’मा बर्षेनी आयोजना हुँदै आएको ‘प्रतियोगिताको छैटौं संस्करण जेठ ३२ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

गोल्डकपमा सशस्त्र प्रहरी बल काठमाडौं, न्यू स्टार क्लव सुनसरी, मोरङ्ग ट्रेनिङ् सेन्टर मोरगं, नेपाल पुलिस क्लव काठमाडौं, झापा फुटबल क्लव झापा, गोर्खा व्वाईज क्लव रुपन्देही, संङ्कटा क्लव काठमाडौं र आयोजक सहित आठ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा सशस्त्र प्रहरी बल काठमाडौं र न्यू स्टार क्लव सुनसरी विच खेल हुने आयोजकले जनाएको छ । खेलको विजेतालाई पाँच लाख नगद सहित प्रमाण पत्र र उपविजेतालाई तीन लाख नगद सहित प्रमाण पत्र र उत्कृष्ठ खेलाडीलाई दुई लाख ७० हजार बजेट छुट्याएको आयोजकले जनाएको छ ।

उदयपुर गोल्डकप मुल आयोजक समितिको आयोजना, त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैँडा छाप सिमेन्टका मुख्य प्रयोजन, जिल्ला खेलकुद विकास समिति उदयपुर, जिल्ला फुटबल संघ उदयपुर, त्रियुगा नगर युवा खेलकुद विकास समितिको व्यावस्थापनमा सञ्चालन हुन लागेको गोल्डकपको अनुमानित लागत र खर्च ५३ लाख ५० हजार रहेको समितिले जनाएको छ ।