निर्माण व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिए

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुनेगरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको महासंघले जानकारी गराएको हो ।

महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरुको मुख्य माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको बताए । महासंघले आफूहरुको बैंक धरौटीमा राखेको रकमको ब्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष सिंहले भुक्तानी गर्न बाँकी रहेका निर्माण व्यवसायीहरुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए। कालो सूचीमा परेका निर्माण कम्पनीलाई ठेक्का नदिनेलगायतका प्रावधानसहितको सार्वजनिक खरिद नियमावली ल्याएपछि महासंघले त्यसको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो ।

Advertisement

Advertisement

Advertisement