छोरी बलात्कारको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ

Advertisement

ललितपुर । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपाल सरकारका उपसचिवलाई पक्राउ गरेको छ । विदेशमा बाबु छोरीबीच पनि शारिरीक सम्वन्ध हुने भन्दै जबरजस्ती छोरीलाई बलात्कार गर्ने उनलाई पक्राउ गरिएको हो ।

यद्यपि प्रहरीले आरोपीको नाम भने खुलाएको छैन् । धोविघाट बस्दै आएका ४५ वर्षीय उपसचिवले १८ वर्षीया छोरीलाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

ललितपुर प्रहरी परिसर, जावलाखेलका अनुसार पीडितबाट जाहेरी आएपछि निज उपसचिवलाई पक्राउ गरी मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

बलात्कारको घट्नाबारे आमालाई समेत जानकारी भए पनि छोरीको बदनाम हुने डरले उनले बाबुलाई सम्झाउँदै आएकी थिइन् । तर उनी नसुध्रिएपछि बाध्य भएर उजुरी गरिएको जनाइएको छ । पीडित १९ बर्षीय छोरी कक्षा १२ मा अध्ययरत छिन् ।

Advertisement

Advertisement

Advertisement