लोकसेवा तयारीमा रहेका युवा संसदीय समितिको निर्णयविरुद्ध सडकमा उत्रिए, परीक्षा स्थगित अमान्य

Advertisement

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्ने संसदको राज्य व्यवस्था समितिको निर्णयविरुद्ध लोकसेवा परिक्षाको तयारी गरिरहेका सयौं युवा मंगलबार सडकमा उत्रिएर विरोध जनाएका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको उनीहरुको नारा जुलुससहितको प्रदर्शन नयाँ बानेश्वर पुगेको थियो । नयाँ बानेश्वर पुगेपछि उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरवितर बनाउने काम गरेको थियो ।

लोकसेवा परीक्षाका लागि लामोसमयदेखि तयारी गर्दै बसेका र विकट गाउँबाट राजधानी तथा जिल्ला सदरमुकाममा आइ कोठा भाडामा लिएर पढिरहेका आफूहरुको भविश्य अन्योल पार्नेगरी संसदीय समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको भन्दै परीक्षा स्थगित आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

ब्यानर र प्लेकार्डसहित सडकमा उत्रिएका उनीहरुले लोकसेवा परिक्षा पास गर्न आफूहरुको धेरै समय र पैसा लगानी भइसकेको भन्दै यस परीक्षालाई राजनीतिक एजेण्डा नबनाउन आग्रह गरे । सार्वजनिक सेवालाई सरकारले राजनीतिक भर्तिकेन्द्र बनाउन लोकसेवाको पद्दतीलाई ध्वस्त पार्न लागेको भन्दै सरकारलाई आफ्नो निर्णयमा अडिग रहन आग्रह गरे ।



[caption id="attachment_122607" align="alignnone" width="900"] [/caption]







Advertisement

Advertisement

Advertisement