नेपाल र मोरिससबीच श्रम सम्झौता, नेपाल कामदारलाई कुनै पनि शुल्न नलाग्ने

nepal-morisas-labour-agreement

काठमाडौं । नेपाल र मोरिससबीच मंगलबार श्रम सम्झौता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मोरिससबीच सम्झौता भएको हो। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओं) स्थापनाको शतवार्षिकीका अवसरमा गरिएको सम्झौताअनुसार नेपाल कामदार विना शुल्क मोरिसस गएर काम गर्न पाउने छन् ।

सम्झौतापत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मोरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गरे । नेपाली कामदारका लागि आकर्षक गन्तव्यको रुपमा चिनिएको मोरिसस जाँदा कामदारको छनोट तथा भर्नामा लाग्ने सबै शुल्क रोजगारदाताले नै तिर्ने सहमति भएको छ ।

united