सुनसरी उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति

Advertisement

धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा गिरिधारी सापकोटाको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । तीन वर्षे कार्यकालका लागि सापकोटाले ७४१ मत प्राप्त गरेर प्रतिद्वन्द्वी विजय श्रेष्ठलाई पराजित गरेका थिए । श्रेष्ठले ६६३ मत मात्रै प्राप्त गरे ।

वाणिज्यतर्फ आठ पदका लागि १४ सदस्यले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये मानबहादुर बिव, नवीन राजभण्डारी, मनोज श्रेष्ठ, शशी साह, राजेश अग्रवाल, अशोक जैन डाँगा, दिनेश राई र सीताराम आचार्य सदस्यमा विजयी भए । वाणिज्यको महिलामा शुभेच्छा अधिकारी विजयी बने ।

उद्योगतर्फको सदस्यमा विष्णु बराल, पियुसराज आचार्य, महेन्द्र प्रधान र प्रभाव खतिवडा विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र शर्माले जानकारी दिए । उद्योगतर्फ महिलामा एलिना मगर निर्विरोध निर्वाचित भए । त्यस्तै एशोसिएटतर्फ राजेश अग्रवाल गोयल, गोपाल श्रेष्ठ र अनिलकुमार अग्रवाल विजयी भए । वस्तुगततर्फ शिवराज श्रेष्ठ र रामस्वरूप शर्मा निर्विरोध निर्वाचित भए ।

Advertisement

Advertisement

Advertisement