रौतहटमा मोटरसाईकल दुर्घटनामा परी एक महिलाको मृत्यु

Advertisement

रौतहट । गरुडामा मोटरसाईकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ। रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया बिर्ता प्रहरी स्कुल अगाडि छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेकी आमाको ज्यान गएको हो ।

बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका वडा नम्बर ९ की ७० वर्षीया शेख भुउली साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ महिला गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते उनको उपचारका क्रममा चन्द्रनिगाहपुर ल्याउँदै गर्दा उनको ज्यान गएको हो। मोटरसाईकल चालकलाई भने पहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

Advertisement

Advertisement