ग्लोबल आइएमई बैंकले सन नेपाल लाइफको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement