राधी विद्युत कम्पनीको साधारण सभा असार २७ गते, यस्तो छ मुख्य एजेण्डा

Advertisement

काठमाडौं । राधी विद्युत कम्पनीले असार २७ गते वार्षिक साधारण सभा आहवान गरेको छ । जेठ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा अमृतभोग क्याटरिङ कालीकास्थानमा बिहान ११ बजे हुने निर्णय गरेको हो ।

साधारण सभाले कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांस कर सहित स्वीकृत गर्नेछ । त्यसैगरी, चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावसाधारण सभामा प्रस्तुत गर्ने मुख्य एजेण्डा रहेको छ ।

सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन असार ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ७ दिन भित्र दाखिला खारेजका लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला खारेजी कार्य असार ९ गतेदेखि २२ गतेसम्म बन्द रहने छ ।

Advertisement

Advertisement

Advertisement