खानेपानीका लागि साढे नौ करोड बजेट विनियोजन

तनहुँ । जिल्लाको निर्वाचन क्षेत्र नं. एकमा खानेपानीको आयोजना निर्माणका लागि संघीय सरकारले साढे नौ करोड बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयले आगाी आर्थिक वर्ष २०७६/०७७ मा संन्चालन हुने गरी विभिन्न आयोजनाका लागि नौ करोड पचास पचास लाख बजेट विनियोजन गरेको हो ।

क्षेत्र नं. एक अन्र्तगत विभिन्न आठ योजनाका लागि मन्त्रालयले बजेट विनियोजन गरेको सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार डुम्रे खानेपानी तथा सरसफाई आयोजनाका लागि दुई करोड, आबुँखैरेनी साना शहरी खानेपानी योजनाका लागि दुई करोड पचास लाख, बन्दिपुर वृहत पम्पिङ खानेपानी योजनाका लागि एक करोड र भानु नगरपालीकाको वृहत खानेपानी योजनाका लागि एक करोड विनियोजन गरिएको छ ।

त्यस्तै, बन्दिपुर ढल निर्माण तथा प्रशोधन योजनाका लागि एक करोड, व्यास ढल निर्माण तथा प्रशोधनका लागि एक करोड, भादगाउँ सह-लगानी खानेपानी तथा सरसफाई योजनाका लागि एक करोड र मिर्लुङ सतिस्वारा बृहत खाानेपानी योजनाका लागि एक करोड विनियोजन गरिएको सांसद श्रेष्ठले जानकारी दिए ।