आईएमई जनरल इन्स्योरेन्सको एजीएम असार २९ गते, बुक क्लोज १५ गतेदेखि

काठमाडौं । आईएमई जनररल इन्स्योरेन्सले असार २९ गते साधारणसभा (एजीएम) डाकेको छ । कम्पनी सञ्चालक समितिको मंगलबारको बैठकले काठमाडौंको लैनचौरस्थित एक ब्याङ्क्वेट्समा बिहान ११ बजे बस्नेगरी साधारणसभा बोलाएको हो ।

उक्त साधारणसभामा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने मुख्य एजेण्डा रहेको छ ।
कम्पनीले एजीएम प्रयोजनको लागि असार १५ गते बुकक्लोज हुनेछ भने उक्त दिनदेखि साधारणसभाको दिनसम्म दोस्रो बजारमा उक्त कम्पनीको शेयर कारोबार हुने छैन ।

पछिल्लो हकप्रद शेयर वितरणपछि ९७ करोड २० लाख पुँजी पुगेको आईएमई ५ प्रतिशत बोनस सेयरपछि पुँजी १ अर्ब २ करोड पुर्याउनेछ ।