नयाँ पाँचतारे होटल स्तरीकरण हुने

Advertisement

काठमाडौं । निर्माण सकिएर सञ्चालन सुरु गरेका र औपचारिक उद्घाटनको तयारीमा रहेका नयाँ चारवटा पाँचतारे होटल स्तरीकरण हुने भएका छन् । पर्यटन मन्त्रालय अन्र्तगतको पर्यटन विभागमा होटलको स्तरीकरणका लागि आवेदन दिएका चारवटा होटलमध्ये काठमाडौं र काठमाडौंबाहिरका दुई-दुई होटल रहेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार निर्माण सकिएर भर्खरै संन्चालनमा आएको काठमाडौ्र नक्साल स्थित एभरेस्ट हस्पिटालिटी ग्रुप नेपालको म्यारिओट काठमाडौं र ठमेल छायाँदेवि सेन्टरमा रहेको अलफट होटल रहेका छन् । दुवै होटलको निर्माण सकिएको र पाँचतारे स्तरमा वर्गिकरण हुन आवेदन दिएका थिए । यी दुवै होटलको स्थलगल निरीक्षण भइसकेकाले पाँचतारे अनुमति पाउने पर्यटन विभागको भनाइ छ। अब ती होटललाई विभागले आवश्यक प्रक्रिया पूरा गरेर स्तरीकरण प्रमाणपत्र दिन बाँकी रहेको उल्लेख छ।

उपत्यकाबाहिर निर्माण भएको झापाको ग्रान्डी प्रिन्स, भैरहवाको पवन प्यालेस छन्। उपत्यकाबाहिर ८० कोठाभन्दा माथिको संरचनाबाट बनेको होटलले पाँचतारे अनुमति पाउँछन्।

पाँचतारे होटलका रूपमा निर्माण भइरहेका दजर्नभन्दा बढी होटल अबको केही समयपछि नै थपिनेछन्। पाँचतारेको रूपमा निर्माण भइरहेका राजधानीकै नक्सालको डबल ट्री हिल्टन र केसरमहलको काठामाडौंको शेराटन छन्। काठमाडौंबाहिर झापाको मेची क्राउन र इटहरीको होटल गरिमा पनि निर्माणको अन्तिम तयारीमा छन्। यी चारवटै निर्माणाधीन होटलले स्तर वर्गीकरणको अनुमति मागेका छैनन्।

हाल सञ्चालनमा रहेका पाँचतारे होटलमा सोल्टी होटल, तारागाउँ रिजेन्सी (हायात), याक एन्ड यती, डेला अन्नपूर्ण, सांग्रिला, मल्ल, र्‍याडिसन, पोखरामा ग्रान्ड, टाइगरवान प्यालेस, सोल्टी वेस्टेन्ड प्रिमियर र सेन्ट्रल प्लाजा छन्। पर्यटकीय वातावरण बन्दै गएकाले होटल निर्माण बढेको विभागको भनाइ छ।

Advertisement

Advertisement

Advertisement