कुन देशको इन्टरनेट स्पिड बढी ?

Advertisement

काठमाडौं । संसारका इन्टरनेट प्रयोगकर्ताहरु फाइभजी नेटवर्कको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । अहिलेसम्म संसारभर फोरजी नेटवर्क चलिरहेको छ । इन्टरनेटको स्पिडको कुरा गर्दा, भिन्नभिन्न मुलुकमा यसको स्पिडमा अन्तर छ ।

हालै फोरजी हाईस्पिड इन्टरनेट उपलब्ध गराउने १० देशको नाममा भारतको नाम पनि परेको नवभारत टाइम्सले समाचार प्रकाशित गरेको छ । यसअघि भारत पछाडि पर्दै आएको थियो । भारत स्पिड इन्टरनेट उपलब्ध मुलुकको कति नम्बरमा पर्छ भन्नेचाहिँ नवभारतको समाचारमा खुलाइएको छैन ।

हाईस्पिड इन्टरनेट उपलब्ध गराउने मुलुकमध्ये सबैभन्दा अगाडि दक्षिण कोरिया परेको छ । त्यहाँको फोरजी इन्टरनेटको उपलब्धता ९७ दशमलव पाँच प्रतिशत छ । उपयोगकर्ताका लागि त्यहाँ ५२ दशमलव चार एमबीपीएस डाउनलोड स्पिड उपलब्ध छ ।

फोरजी नेटवर्कको उपलब्धता जापानमा ९६ दशमलव तीन प्रतिशत रहेको छ । त्यहाँ उपयोगकर्ताका लागि ३३ एमबीपीएसको डाउनलोड स्पिड उपलब्ध छ ।

दक्षिण कोरियापछि इन्टरनेट स्पिडको मामिलामा दोस्रो स्थानमा नर्वे पर्न गएको छ । ४८ दशमलव दुई एमबीपीएस डाउनलोड स्पिड त्यहाँ उपलब्ध छ । फोरजी नेटवर्कको उपलब्धता भने ९५ दशमलव एक प्रतिशत रहेको छ । हङकङको डाउनलोड इन्टरनेट स्पिड १६ दशमलव सात छ भने फोरजी इन्टरनेटको उपलब्धता ९४ दशमलव एक रहेको छ ।

Advertisement

Advertisement

Advertisement