गरिमा विकास बैंकको शाखा विस्तार पोखराको हेम्जामा

Garima

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले जेठ २९ गते पोखरा महानगरपालिका वडा नं. २५ मा हेम्जा शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिइरहेको बताए ।

united

त्यसैगरी, विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामाभएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।