ओम अस्पतालको चरम लापरबाही, पत्थरीको अप्रेसन गर्दा बिरामीको ज्यान गयो

Advertisement

काठमाडौं । चावहिलस्थित ओम अस्पतालमा अप्रेसन गर्दा एक जनाको ज्यान गएको छ । अस्पतालमा पत्थरीको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिएर बिरामीको ज्यान गएको हो । अस्पतालमा मृतकका आफन्तले झगडा गर्न थालेपछि अस्पताल तनावग्रस्त बनेको छ ।

पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनीहरू भर्ना भएर अप्रेसन भएको थियो ।

Advertisement

Advertisement

Advertisement