प्रभाष र श्रद्धाको ‘साहो’ फिल्मको टिजर सार्वजनिक

Advertisement

काठमाडौँ । साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को बिहीवार अफिसियल टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

'बाहुबली' पछि अभिनेता प्रभास एकपटक फेरि ‘साहो’ मा फरक भूमिकामा देखिँदैछन् । यो फिल्मबाट अभिनेत्री श्रद्धा कपूरले तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्दैछिन् ।गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् ।फिल्मको टीजर हिन्दीसँगै अन्य तीन भाषा पनि रिलिज गरिएको छ । टीजरमा श्रद्धा र प्रभासको जोडी रोमान्स गर्दै देखिएको छ ।

फिल्ममा ज्याकी श्राफ, मन्दिरा बेदी र नील नीतिन मुकेशको पनि प्रमुख भूमिका छ । फिल्मको निर्माण यूवी क्रिएशनका वामसी, प्रमोद र विक्रमले गरेका हुन् । ‘साहो’ यस वर्षको १५ अगस्टमा रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?time_continue=2&v=HiwFJ97qUx4

Advertisement

Advertisement

Advertisement