वेष्टर्न डेभलपमेन्ट बैंक पहिलो पटक पुग्यो कपिलवस्तुको बहादुरगंजमा, नयाँ शाखा विस्तार

Advertisement

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ वहादुरगंजमा वेष्टन डेभलपमेन्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । हालसम्म कुनै पनि बैंकको उपस्थिती नरहेको बहाचदुरगंजमा वेष्टर्नले आफ्नो १७औँ शाखा स्थापना गरी संचालनमा ल्याएको हो ।

बैंकिङ कारोबारका लागि कष्णनगर वा चन्द्रौटा जान बाध्य यस गाउँका वासिन्दा गाउँमै बैंक आएपछि हर्षित भएका छन् । जिल्लाको दक्षिण पश्चिम तथा सिमा क्षेत्रमा पर्ने यस क्षेत्रमा बैंक नहुँदा स्थानीयहरुलाई सास्ती भएको थियो ।

बैंकले यस क्षेत्रका ग्राहकहरुलाई सहज वित्तीय पहुँच, निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यावसायिक संघ संस्थासँग समन्वय गरी आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका खेल्ने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement