धेरै मोवाइल चलाउनाले लाग्न सक्छ यस्तो खतरनाक रोग

mobile

काठमाडौँ । मोवाइल फोन प्रयोग नगर्ने सायद संसारमा कमै होलान् । मानिसको दैनिक जीवनमा सबैभन्दा आवश्यक बस्तु नै मोवाइल बनेको छ । बच्चा देखि बृद्ध सबैको हात हातमा मोवाइल हुन्छ । तर यसको अत्याधिक वा अव्यवस्थित तरिकाले प्रयोग गर्नाले मानव स्वास्थ्यका लागि हानिकारक भएको एक अध्ययनहरुले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन् । त्यो के हो र यसको असरबाट कसरी जोगिने भन्ने बारेमा हामी यहाँहरुलाई केही जानकारी दिनेछौँ ।

united

१) मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।

२) राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १।८ मीटर पर राख्नुस् ।

३) मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि पर होस् ।

४) गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।

५) धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।

६) इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।

७) पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर ९ट्यूमर० भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

८) मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहँुदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।

९) फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।