एनसेल फोरजीमा अब डबल डेटा

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डबल फोरजी डेटाको आकर्षक योजना ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनसस्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।

यो अफर यही जेठ ३० गते (बिहिबार)देखि लागु भएको छ । देशको एक हजारभन्दा बढि स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई सातामा एनसेलले सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत सातदिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा करसहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्ने कम्पनीको भनाई छ ।

त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस बापत प्राप्तगर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक करसहित रु ९५ं.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्ने जनाइएको छ ।

यस योजनाअन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सातदिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढि स्थानहरुमा विस्तार गरिसकेको छ ।

एनसेलकाग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नोआवश्यकताअनुसारको सातदिनवातीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ माएसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।

ग्राहकहरुलाई नेपालकै सबैभन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याएको भन्दै एनसेलले आफ्नो फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्ने जनाइएको छ ।

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डबल फोरजी डेटाको आकर्षक योजना ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनसस्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।

यो अफर यही जेठ ३० गते (बिहिबार)देखि लागु भएको छ । देशको एक हजारभन्दा बढि स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई सातामा एनसेलले सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत सातदिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा करसहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्ने कम्पनीको भनाई छ ।

त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस बापत प्राप्तगर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक करसहित रु ९५ं.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्ने जनाइएको छ ।

यस योजनाअन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सातदिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढि स्थानहरुमा विस्तार गरिसकेको छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नोआवश्यकताअनुसारको सातदिनवातीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ माएसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।