सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने सरकारी निर्णय १२ घण्टा नबित्दै फिर्ता

Advertisement

काठमाडौं । सरकारले १२ घण्टा पनि नबित्दै सार्वजनिक यातायातमा बढाएको भाडा फिर्ता गरेको छ । सरकारले बिहीबार दिउँसो वृद्धि गरेको भाडा साँझ फिर्ता लिएको हो ।

यातायातको भाडा वृद्धिपछि सरकारमाथि दबाब र आलोचना बढ्ने भएपछि फिर्ता लिइएको हो । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायात तथा मालबहाक साधनमा २० प्रतिशत र ट्याक्सीमा १२ प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो । यातायात व्यवसायीले इन्धन, मर्मत तथा सञ्चालन खर्चअनुसार भाडा समायोजन गर्न दबाब दिँदै आएका थिए ।

विभागले दिउँसो मेकानिकल पार्टस् सवारीसाधन, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धि, करलगायतलाई आधार मानी भाडा वृद्धि गरिएको जनाएको थियो । भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिका, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सुरक्षा निकायकसँग छलफल पनि गरेको थियो।

साथै, विभागले असार १ देखि दिउसो मालबहाक सवारी साधनलाई काठमाडौं उपत्यकाभित्र चल्न नदिने तथा रात्री बसहरु सञ्चालन गर्ने यसअघि गरेको निर्णयहरु पनि फिर्ता गरेको छ ।

Advertisement

Advertisement

Advertisement