पूर्वशिक्षामन्त्री धनीराम पौडेलको हृदयघातका कारण आज बिहान निधन

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको छ । उनी ५३ बर्षका थिए ।

पौडेलको चितवनको माडी पिपरियास्थित घरमा निधन भएको हो । नेकपा चितवनका एक नेता यमबहादुर परियारका अनुसार घर निर्माणका क्रममा काम गरिरहँदा बिहान करिव ७ हृदयघात भई उपचारका लागि लाँदै गर्दा उनको निधन भएको हो ।

दोश्रो संविधानसभा चुनावमा समानुपातिकबाट सांसद भएर तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका पौडेलका दुई छोरी छन् ।

Advertisement

Advertisement

Advertisement