साताको अन्तिम दिन सुनको मूल्य ह्वात्तै बढयो, तोलामा एकैपटक छ सयको वृद्धि

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढे्को छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ६२ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज छ सय रुपियाँले बढेर ६३ हजार रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६२ हजार सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५४ हजार १५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५३ हजार ७६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७२० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement