सीमा क्षेत्रको विवादका कारण जोगवनी नाका बिहिबारदेखि बन्द

Advertisement

मोरङ । सीमा क्षेत्रको विवादका कारण जोगवनी नाका बिहिबारदेखि बन्द भएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सीमा नाकामा परेको हो ।

एसएसबी र भारतीय भन्सारबीचको उत्पन्न समस्याका कारण नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै रोकिएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएको छ भने नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

Advertisement

Advertisement

Advertisement