लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन गभर्नरको निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएका हुन् ।

लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएको उनको भनाइ छ । गभर्नर नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गरिसक्ने पनि घोषणा गरे । अहिले सात सय २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको र बाँकीमा एकमहिनाभित्र पुग्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement