लिची खाँदा ४७ बालबालिकाको मृत्यु

Advertisement

भारत । भारतमा लिची खाँदा तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बिहारका स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ बालबालिकामा तीब्र इस्सेफ्लाईटिस सिन्ड्रोम देखियो, जसका कारण मस्तिष्क सुन्निएर उनीहरुको मृत्यु भयो । मुजफ्फरपुरका दुई अस्पतालमा जनवरीदेखि यतामात्रै यस प्रकृतिका एक सय ७९ विरामी भर्ना भएको तर केही साता यत्रामात्रै उनीहरुको मृत्यु भएको जनाइएको छ ।

राज्यको स्वास्थ्य विभागले हाइपोग्लाईसेमियाका कारण बालकहरुको मृत्यु भएको र त्यसमा यसवर्ष प्रशस्त मात्रामा फलेको लिचीको पनि भूमिका रहेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement