जंगलमा चक्कु देखाएर १३ बर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

Advertisement

काठमाडौं । जंगलको एकान्तमा लगेर १३ बर्षीया बालिका बलात्कार गर्नेलाई प्रहरीले पक्राउ परेको छ । उक्त घट्नामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेका निरबहादुर भनिने रमेश थापालाई साजय भुक्तानका लागि कारागाल चलान गरिएको छ ।

निज थापाले २०७० मंसिर १६ गते बिहान ७ः३० बजे काभ्रेको पोखरीचौरीस्थित रैकर जंगलको एकान्त स्थलमा बालिकालाई चक्कु देखाएर ज्यान मार्ने धम्की दिई जबरजस्ती करणी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको भनाई छ ।

काभ्रेको बतासे–२ का थापालाई ब्यूरोले बिहीबार नयाँ किर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो । पक्राउपछि निजलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । जबरजस्ती करणी मुद्दामा काभ्रे जिल्ला अदालतले थापालाई आठ बर्ष जेल सजाय र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन दिएको आदेशलाई पाटन उच्च अदालतले सदर गरेको थियो ।

Advertisement

Advertisement

Advertisement