गुठी विधेयकः नेपाली संस्कृति मास्ने पश्चिमा ‘मेकाले’ मिशनको डिजाइनअन्तर्गत

Advertisement

काठमाडौं । एकजना विश्लेषकले नेपाली संस्कृति मास्ने डिजाइनअन्तर्गत गुठी विधेयक आएको तकं प्रस्तुत गरेका छन् । डा. अम्बरिश पोखरेलले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो विधेयक नेपालको संस्कृतिमाथि हमला गर्ने मेकालेको सन् १८३५ को रिपोर्टमा आधारित मिशन भएको तर्क गरेका छन् ।

डा. पोखरेलले गुठी संस्कृतिमाथि भइरहेको हमला नियोजित रहेको भन्दै यसको प्रतिकार जरुरी रहेको बताएका छन् । गुठीमाथि प्रधानमन्त्री केपी ओली, सत्तारुढ दलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालले सुरु गरेको हमला नेपालको सबैभन्दा प्राचिन संस्कृतिलाई मास्ने पश्चिमाहरुको प्रमूख डिजाईन हो भन्दै उनले यो डिजाईन सन् १८३५ मा लर्ड मेकालेले ब्रिटीश संसदमा प्रस्तुत गरेको रिपोर्टमा आधारित रहेको बताएका छन् ।

रिपोर्टले एशियाली देशहरुको शिक्षा र संस्कृतिलाई नसिध्याएसम्म यहाँ पश्चिमाहरुको वर्चश्व कायम हुन नसक्ने निष्कर्ष निकालेको पोखरेलको भनाई छ । त्यही निष्कर्षसहित मिशनरी अभियान जन्माएको उनले बताएका छन् ।

४. माओवादी युद्धको डिजाईन नै यसै मिशनमा आधारित थियो भन्दै पोखरेलले भनेका छन्, ‘तपाईंहरु सो युद्धको १० बर्षे अवधिलाई राम्ररी हेर्नुहोस्, जहाँजहाँ माओवादीले कथित आधार इलाका घोषणा गरेर जनसरकार बनाएको छ, ती सबै विकट पहाडी ठाउँमा माओवादीहरुकै संलग्नतामा रातारात चर्चहरु निर्माण गरिएका छन् । एमाले पनि पूर्णतः पश्चिमा एनजीओहरुको सञ्जालको एउटा कडी हो। अहिलेको संसद्मा प्रस्तुत विधेयक यी दुबै पश्चिमा प्रेतहरुलाई मिलाएर गुठीमाथि हमला सुरु भएको छ ।’

डा. पोखरेलले यो काममा यसभन्दा पहिले बाबुराम भट्टराईलाई प्रयोग पनि गरिएको थियो भन्दै सोही क्रममा बाबुरामको हातबाट कुमारी लगायत काठमाडौंका सबैजसो संस्कृतिहरुलाई राज्यले गर्दै आएको सहयोग बन्द गर्ने निर्णय गर्न लगाईएको, तर व्यापक विरोधपछि विदेशी गिरोहपछि हटेको दावी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement