सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपका प्रवन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ । उनकी आमा लालमाया टण्डनको उपचारका क्रममा शनिबार बिहान निधन भएको सिटी एक्सप्रेस मनी ट्रान्सफरका मधु लामाले जानकारी दिए ।

स्वर्गीय टण्डनको ८४ बर्षको उमेरमा निधन भएको हो । उनका ३ छोरा र ४ छोरी छन । स्वर्गीय टण्डनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ ।

चन्द्र टण्डन नेपाल विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक, सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष पनि हुन् ।

Advertisement

Advertisement

Advertisement