कमजोर निर्माण, कमजोर सुरक्षाः सम्राट सिमेन्टको निर्माणाधिन प्लान्ट भत्किँदा तीन मजदुरको मृत्यु

Advertisement

दाङ । सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्कँदा तीन जना मजदुरको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान निर्माणको क्रममा ६ तल्ला माथिको सट्रिङ भत्किदा भारतीय मजदुरको मृत्यु भएको हो ।

घटनामा परी तीन मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ बर्षीय मंगल कस्यव, २२ बर्षीय दयाल हरेन, ४६ बर्षीय साहेव रहेका छन् । घटनामा परी अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन ।

घाइतेमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटना राति २ बजे भएको बुझिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement