निजी विद्यालयको दादागिरीः एक विद्यालय सञ्चालकको मृत्युमा काठमाडौंका सारा विद्यालय बन्द

Advertisement

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको संगठनले जोरपाटीस्थित कान्तिपुर एकेडेमीका सञ्चालक बालकुमार गुरुङको मृत्यु भएको नाममा आइतबार काठमाडौंका सबै विद्यालय बन्द गराउने काम गरेका छन् । गुरुङको ३० जेठमा निधन भएको थियो ।

गुरुङ एनप्याब्सनका सहसचिव भएकाले विदा दिएको गैरजिम्मेवार तर्क उनीहरुको छ । प्याब्सन र एनप्याब्सन दुवै मिलेर काठमाडौंका सयौं विद्यालय बन्द गराएका हुन् । निजी विद्यालयको संगठनको पदाधिकारीको मृत्यु हुँदैमा विद्यालय बन्द गराउने कुरा न कानुन न नैतिक हिसावले मिल्छ ?

विद्यालय बन्द गराउँदा अभिभावकहरुसँग अशुल्ने रकममा कमी हुँदैन । तर सञ्चालन खर्चमा कमी भई सञ्चालकहरुलाई लाखौं रुपियाँ फाइदा हुने भएकाले यसरी बन्द गराइएको अभिभावकहरुको भनाई छ । अभिभावकहरुसँग चर्को शुल्क अशुल्न संगठितरुपमा काम गर्दै आएका प्याब्सन र एनप्याब्सनले विना मापदण्ड विद्यालय बन्द गर्दा पढ्नुपर्ने विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् ।

यस विषयमा न सरकारले बोलेको छ न विद्यार्थी संगठनहरुले चासो दिएका छन् । विद्यार्थीहरुको पढ्न पाउने अधिकार भविश्यप्रति उदासिन हुँदै निजी विद्यालयका संगठनहरुले विद्यालय बन्द गर्ने, शुल्कहरु अशुल्ने गर्दा पनि सरकारले यसलाई नियन्त्रण गर्न सकेको छैन् । काठमाडौँ प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन अध्यक्ष विष्णु पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौंका सबै विद्यालयहरूमा शोक विदा दिन आव्हान गरेका हुन् ।

यसबाट काठमाडौंका एक हजार भन्दा बढी निजी विद्यालयमा करिब दुई लाख विद्यार्थी प्रभावित भएका छन् भने विद्यार्थीलाई पढ्न पठाएर अफिस जाने अभिभावकहरुलाई समेत असर पुगेको छ । अभिभावकहरु बलियो नहुँदा निजी विद्यालयहरुको दादागिरी बढेर गएको हो ।

अभिभावक संघ (अहिले महासंघ) भनेर गठन गरिए पनि यसको बर्षौदेखि सुप्रभात भण्डारी भन्ने व्यक्तिले गर्दै आएका छन् । यो संगठन निजी विद्यालयहरुले नै गठन गराएका हुन् । भण्डारीले यस्ता घट्नाहरुमा विरोध सामान्य विरोध जनाएको जस्तो गर्ने र उनीहरुका गतिविधिलाई भित्र सहयोग गर्दै आएका छन् । निजी विद्यालयहरुबाट नियमित सुविधा लिँदै आएका अभिभावक संगठनका पदाधिकारीहरु निजी विद्यालयमा ठगी र गलत क्रियाकलापहरुलाई नियन्त्रण गर्नेगरी कुनै पनि विरोध कार्यक्रम गर्न सक्दैनन् ।

Advertisement

Advertisement

Advertisement