काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टरबारे सोमबार दोहामा अन्तरक्रिया हुँदै

Advertisement

दोहा । वैदेशिक रोजगारीका लागी कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टर (क्युभिसि) बारेमा दोहामा अन्तरक्रिया हुने भएको छ । क्युभिसीबारे विस्तृत जानकारी दिने उद्देश्यले सोमबार ‘कतार भिसा सेन्टर इन नेपाल’ विषयमा अन्तरक्रिया आयोजना गरिएको हो ।

कार्यक्रममा कतार भिसा सेन्टरबारे रहेका जिज्ञासाहरु समाधान गरिने सेन्टरले जनाएको छ । कार्यक्रम सोमबार बिहान ९.४५ बजे वाणिज्य तथा उद्योग मन्त्रालयमा रहेको शेख फहाद अडिटोरियम हलमा हुनेछ ।

उक्त कार्यक्रममा कतारमा रहेका सबै नेपाली संघसंस्था तथा कम्पनीका एक–एक जना प्रतिनिधि तथा मेनपावर व्यवसायी र एजेन्टहरूलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रम कतारको आन्तरिक मन्त्रालय अन्तर्गत जनसम्पर्क विभाग, पासपोर्ट निर्देशनालय अन्तर्गत भिसा सपोर्ट सर्भिस र क्यूभिसीको आयोजनामा हुन लागेको हो ।

कतारले भिसा सहजीकरण र कामदारको समस्या न्युन गर्न भन्दै बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतमा क्युभिसि सञ्चालन गरेको छ । नेपाल क्युभिसि सञ्चालन हुने मुलुकमा पाँचौ मुलुक हो । नेपालमा काठमाडौंको महाराजगञ्जमा क्युभिसीको कार्यालय रहेको छ ।

Advertisement

Advertisement

Advertisement