राष्ट्र बैंकले आठ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब २३ करोड रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार आठ अर्ब २३ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो ३ बजे हुँदैछ । ९१ दिनको लागि जारी गर्न लागेको आठ अर्ब २३ करोडको बिल २०७६ भदौ ३१ गते परिपक्व हुनेछ ।

यसअघि २०७६ जेठ २७ गते जारी भएको दुई अर्ब २६ करोड रुपियाँ बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा पाँच अर्ब ६६ करोड र एकअर्ब ८३ करोड रुपियाँ बराबरको तीन सय ६४ दिने ट्रेजरी बिल बोलकबोलमा चार अर्ब ६६ करोड बराबरको बिड परेको थियो ।

Advertisement

Advertisement

Advertisement