करको कारण अमेरिका र भारतको सम्बन्धमा तनाव

Advertisement

भारत । अमेरिका र भारतबिचको सम्बन्धमा तनाव सिर्जना भएको छ । सम्बन्ध बिग्रनुको कारण एक अर्काको देशबाट निर्यात हुने सामानमा लगाइएको कर हो ।

अमेरिकाको तर्फबाट आल्मुनियम तथा स्टीलमा भारतलाई दिईँदै आएको छुट फिर्ता लिएको थियो ।

त्यसको जवाफमा भारतले २८ अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर लगाउने भएको छ । सो कर आइतबारदेखि नै लागु भएको जनाइएको छ । मे को सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई दिँदै आएको विशेष व्यापारको दर्जा फिर्ता लिएका थिए ।

गएको वर्षको जुनमा भारतले अमेरिकी सामानमाथि १२० प्रतिशतसम्म कर लगाउने घोषणा गरेको थियो । ट्रम्पले त्यसकै जवाफ दिएका हुन् । भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई उचित र न्यायसंगत पहुँच नदिएको अमेरिकी आरोप छ ।

Advertisement

Advertisement

Advertisement