तपाईंको हातमा पैसा बच्दैन ? यस्ता छन् पैसा बचाउने तरिका

Advertisement

काठमाडौं । अहिले मानिसको सबैभन्दा ठूलो समस्या कमाएको धन सञ्चित गर्न नसक्नु हो । शुरुमा त मानिसहरुलाई सताउने मध्ये एउटा कारण हो कमाइ । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले बचाउन नसकेर समस्यामा परेका छन् ।

यो टिप्सका कारण तपाइँ आफ्नो फजुल खर्च केहि मात्रामा भएपनि कन्ट्रोल गर्न सक्नुहुनेछ । पैसा बचाउन सक्नु सधै र सबैका लागि राम्रो कुरा हो । फजुल खर्च बचाउनु भनेको भविष्यका लागि जगेर्ना गर्न सक्नु हो ।

त्यसैले पनि मानिसहरुले भन्ने गरेको सुनिन्छ, ‘मेरो हातमा त पैसा नै बच्दैन के गर्ने रु’ यदि तपाई पनि पैसा बचाउन नसकेर हैरान हुनुहुन्छ भने यस्तो गर्नुहोस् ।

१. खर्चलाई टिप्ने बानी बसालौंः तपाईले पैसा बचाउन चाहानुहुन्छ भने सबैभन्दा पहिला जागर चलाएर हरेक दिन गर्ने खर्चलाई टिप्ने बानि बसाल्नुहोस् । दुध, चिया, पत्रिका, तरकारी, आदिमा दैनिक रुपमा खर्चका शिर्षकहरु हुन् । यस्ता सानासाना आवश्यकतामा खर्च भइरहेपनि मानिसहरुलाई यसको बारेमा थाहा भइरहेको हुँदैन ।

त्यसैले दिनभरिमा गरेको खर्चलाई बेलुका घरमा पुगेर त्यसलाई डायरीमा टिप्ने बानी गर्नुभयो भने तपाईले दिनभरिमा गरेका खर्चको जानकारी हुन्छ । यसले भोलिपल्ट हुने खर्चलाई बचाउँछ अथवा भोलिपल्ट पैसा खर्च गर्नु अघि एक पटक अघिल्लो दिनको खर्च याद हुन्छ ।

२. खर्चको योजना बनाउनुहोस्ः तपाईले मासिक रुपमा गर्ने खर्चको पहिले नै योजना बनाउनु आवश्यक छ । यदि पैसा बचाउने हो भने, यो महिना कति खर्च गर्ने भन्ने पहिले नै योजना बनाउनु पर्छ । यसले तपाईको आवश्यकता के र त्यसमा पनि प्राथमिकीकरण गर्न सहयोग गर्छ ।यसरी महिनामा गर्ने खर्चलाई पहिले नै योजना बनाएको हुनाले विशेष परिस्थिति बाहेक अन्य अवस्थामा त्यो भन्दा धेरै खर्च हुने छैन ।

३. पैसा बचाउने योजना बनाउनुहोस्: तपाईसँग हरेक महिनाको आम्दानीको विवरण आएपछि त्यसलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा पनि योजना बनाउनु पर्छ । मानिसका आवश्यकता धेरै हुन्छन् तर आम्दानी सिमित हुने भएकोले त्यसलाई योजनाबद्ध रुपमा खर्च व्यवस्थापन गर्नुपर्छ ।

खर्चको विषयमा योजना बनाउँदै सँगसँगै बचतको विषयमा पनि योजना बनाउनु पर्छ । हरेक महिना हुने आम्दानीको २० देखि ३० प्रतिशत सम्म बचत गर्ने बानी गर्दा राम्रो हुने विज्ञहरु बताउछन् ।

हामीले महिनाको अन्त्यमा तलव पाउने वित्तिकै, बैंकमा अर्को छुट्टै खाता बनाएर त्यसमा पैसा जम्मा गर्न सकिन्छ । जुन पैसा अत्यावश्यक बाहेक अन्य बेलामा प्रयोग नगर्ने विषयमा आफुलाई दह्रो बनाउनु पर्छ ।

४. उद्देश्य निधारण गर्नेः हामीले कुनै उद्देश्य नराख्नाले पनि पैसा बचत गर्न सकिरहेका छैनौं । पैसा बचत गर्दैगर्दा यति महिना पछि यति पैसा जम्मा गरेर यो कुरामा खर्च गर्छु भन्ने योजना बनाउनु पर्छ । यसरी खर्चको उद्देश्य निर्धारण गर्दा बचत गर्नमा प्रोत्साहन मिल्छ । मानौं यो दशैमा मोटरसाइकल किन्ने वा ल्यापटप किन्ने उद्देश्य राखियो भने दशै सम्ममा गर्ने विभिन्न खर्चलाई बचाएर आफ्नो उद्देश्य पुरा गर्नमा निकै मेहनत गरिन्छ । छोटो समयमा पुरा गर्ने उद्देश्यलाई अल्पकालिन उद्देश्यमा राख्ने, यस्तै केही लामो लाई मध्यकालिन र निकै लामो खालको उद्देश्यलाई दिर्घकालिन बनाउने जस्तै छोराछोरिको शिक्षा । यसको लागि अहिले देखिनै बचत गर्ने ।

५. प्राथमिकता छनोट गर्ने: हामीले अत्यावश्यक वस्तु वा आवश्यक आवश्यकताका रुपमा कहिल्यै पनि छुट्याएका हुँदैनौं । त्यसैले गर्दा हामीसँग पैसा भएको बेलामा अगाडि जे देखिन्छ त्यसैमा खर्च गछौं । यसैले गर्दा हामी हामीलाई अत्यावश्यक आवश्यकतामा थप पैसा खर्च हुने संभावना हुन्छ । यसैले बेलैमा प्राथमिकता छनोट गर्दा पैसा बचत गर्न सहयोग मिल्छ ।

६. बढिरहेको बचतको बारेमा जानकारी लिइरहने: स्बैंकमा भएको बचतलाई बेलाबेलामा गएर हेरिरहने बानि गर्नाले पनि बचतलाई प्रोत्साहन गर्न सहयोग मिल्छ । यसरी बचत हेरिरहँदा अघिल्लो महिनाको बचत भन्दा कम भएमा त्यसले झस्काउँछ । यदि अघिल्लो महिनाको भन्दा धेरै बचत देखिएमा त्यसले अर्को महिना त्यो भन्दा धेरै बचत गर्न पनि प्रोत्साहन गरिरहेको हुन्छ । यदि यसरी बचत हेरिरहँदा अघिल्लो महिना भन्दा कम भएमा कारणको खोजि गरि अर्को महिना देखि त्यसलाई समाधान गरि पुनः बचत बढाउन सकिन्छ ।

७. साप्ताहिक रुपमा खर्च गर्ने: हामीले कुनै पनि वस्तुको आवश्यकता परेमा जति वेला आवश्यकता प¥यो । त्यति बेला नै किन्ने बानी हुन्छ । तर, यो निकै नराम्रो बानी हो । हप्ताभरि आवश्यक पर्ने वस्तुलाई पहिले नै टिपोट गरेर हप्तामा एक पटक मात्रै खर्च गर्दा अनावश्यक खर्च कम हुन्छ । यस्तै, एकै पटक एउटै पसलमा गएर सामान खरिद गर्दा पसलबाट छुट पनि पाइने संभावना हुन्छ ।

८. घरमा खाने बानी बसाल्ने: हामी बिहानै उठेपछि चिया खानको लागि बाहिर निस्कन्छौ । यसले गर्दा अस्वभाविक रुपमा हाम्रो खर्च बढिरहेको हुन्छ । सकेसम्म घरमा नै बनाउन सकिने खानेकुरा घरमा नै खाने बानीले पनि बचत बढाउन सकिन्छ ।

हामी अल्छीले गर्दा खाना पनि बाहिर खाने वा खानाको सट्टा रेडिमेट वस्तु खाने गर्छौं । यस्ता खानेकुराले स्वास्थ्यमा असर पर्नुको साथै बचतमा पनि सहयोग मिल्छ ।

९. सपिंग : यदी तपाइँलाई सपिंग गर्ने बानी बसेको छ भने त्यसलाई कम गर्नुहोस् । अनलाइन मार्फत पनि आजकल तपाइँले सपिंग गर्न सक्नु हुनेछ यसो गर्दा तपाइको सपिंग गर्न बजार चहार्ने र अनेकौ सामानहरु समेत किन्ने सम्भावना कम हुन्छ । किनकी अनलाइन सपिंग गर्दा तपाइलाई जे चाहिने हो त्यो मात्र अर्डर गर्नुहुनेछ । बजार डुल्दा जस्तो अनेकौं नचाइने सामान किन्ने सम्भावना रहँदैन ।

१०. एक बाकस बैंक बनाउने : बाकस बैंक भनेको खुतुर्के जस्तै हो । यस्तो बकस फर्निचरले २र३ सयमै बनाइदिन्छन् । वा खुतुर्के किन्नुहोस् र दैनिक थोरै भए पनि रकम जम्मा गर्न थाल्नुहोस । दैनिक रुपमा थोरै पैसा हाल्ने गर्दा तपाइँलाई भविष्यमा जस्तो सुकै काममा त्यो पैसाको काम आउन सक्छ ।

११. पैसा बचाउछु भन्ने दृढ संकल्प राख्ने: यदी तपाइँले परिवारको कसैसंग बार्षिक वा मासिक रुपमा कसले कति पैसा बचाउन सक्ने भन्ने प्रतिष्पर्धा गर्न सक्नु भएको खण्डमा पैसा बचाउने अभियान सफल हुन सक्छ । कसले बढी पैसा बनाउने भन्ने होडमा तपाइले खर्च समेत कन्ट्रोल गर्न थाल्नुहुनेछ ।

१२. पुरानो सामानलाई प्रयोग गर्ने: आफ्नो पुराना समानहरुलाई पुनस् प्रयोग गर्नुहोस् । उदाहरणको लागि रिचार्जेवल ब्याट्री किन्नुहोस्, मसि भर्न मिल्ने कलम किन्नुहोस । यस्तै तरिकाले हामीले दैनिक प्रयोग गर्ने धेरै सामानहरु पुनस् प्रयोग गर्न सक्छौं ।

१३. बैंकरफाइनान्समा पैसा जम्मा गर्ने बानी बसाल्ने: यदी तपाइँ विदेशमा हुनुहुन्छ भने घरमा सिमित पैसा छुट्याएर सिधै बैंकमा आफ्नै एकाउन्टमा पैसा पठाउने ब्यबस्था मिलाउनुहोस् । हुण्डी वा बैंकमा पठाएको पैसा तापाईकै नाममा राख्दा तपाइँ २र३ बर्ष पछी फर्किदा एकमुष्ठ रकम जम्मा गर्न तथा त्यसलाई लगानी गर्न सक्नुहुनेछ । यसो गर्दा तपाइले दुखले कामएको पैसाको सदुपयोग हुन सक्छ ।

Advertisement

Advertisement

Advertisement