सिभिल बैंकको नयाँ शाखा सुर्खेतमा

Advertisement

काठमाडौं । सिभिल बैंकले सुर्खेतको वीरेन्द्रनगरमा शाखा बिस्तार गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकको हितलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवा र सुविधालाई परिस्कृत गर्दै लैजाने तथा पहुँच विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्न बैंकले शाखा थप गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आइतबार बैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उदघाटन गरेका हुन् । बैंकको उद्घाटनका अवसरम मुख्यमन्त्री शाहीले संभावनाहरुको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तिय संस्थाहरुको महत्वपूर्ण भुमिका हुने वताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले कर्णालीको समृद्धिका लागि बैंकले भूमिका निर्वाह गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement