सेयर बजारमा दोहोरो अंकको गिरावट, छ कम्पनीको पाँच करोडभन्दा बढिको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ११ दशमलव ३६ प्रतिशतले घटेर एक हजार २५८ कायम भएको छ ।

आज ९४ करोड ५० लाख रुपियाँको कारोबार भयो । जसमा छ वटा कम्पनीले पाँच करोड रुपियाँभन्दा बढिको कारोबार गरे । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको पाँच करोड ९१ लाख रुपियाँको कारोबार भयो ।

समूहतर्फ आज कुनै पनि समूहका सुचकहरुमा सुधार आउन सकेन् । लघुवित्त र निर्जीवन बीमा कम्पनीको सेयर दुई प्रतिशतले घटेको छ भने होटल, उत्पादनमूलक, वित्त समूहको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ ।

Advertisement

Advertisement

Advertisement