दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

Advertisement

रुकुम । रुकुम पश्चिमका एग्रोभेट व्यावसायीले दोहोरो करको मारमा परेका छन् । कानूनसम्मत व्यावसाय चलाउदाँ विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनिहरुले व्यावसायिको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासंघलाई अनुरोध गरेका छन् ।

मर्यादित सांङ्गठनिक र व्यवस्थितका लागि आईतबार आयोजना गरिएको छलफल कार्यक्रममा उनीहरुले अधिकाशं व्यावसायी फरकफरक निकायमा कर तिर्न जानुपर्दा झन्झटिलो र खर्चिलो भएको धारणा व्यक्त गरे ।

एग्रोभेट व्यावसायि सङघका अध्यक्ष रामबहादुर बुढाथोकीले एग्रोभेट व्यावसायिले वार्षिकरुपमा आन्तरिक राजश्व कार्यलयमा दुई हजार पाँच सय, कृषी तथा पशुपंक्षी विकास मन्त्रालयको विषदी समितीमा पाँच सय तिर्ने गरेको बताए ।

त्यस्तै रसायनिक मल बिक्रीको अनुमतिका लागि कृषि ज्ञान केन्द्रमा पाँच सय, घरेलु तथा साना उद्योग विकास समितीमा एक हजार, उदेयोग वाणिज्य संघमा पाँच सय, औषधी व्यावस्था विभागमा दुई हजार पाँच सय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पाँच सय र गुणस्तर तथा नापतौल विभागमा पाँच सय कर तिरिरहेको उनको भनाई छ ।

जिल्लाको मुसीकोट नगरपालीकाले पनि वार्षिक दुई हजार पाँच सय कर लिने गरेको एग्रोभेट व्यावसायिले बताएका छन् । सबैतिर गरेर वर्षमा ११ हजार पाँच सय कर तिर्नु परेको एग्रोभेट सञ्चालकको गुनासो छ । फरकफरक निकायमा कर तिर्नुपर्दा आफुहरु मारमा परेको एग्रोभेट व्यावसायि संघका सदस्य नवराज केसीले बताए । आफुहरु राज्यलाई कर तिर्न तयार रहेको तर स्थानीय, प्रदेश र संघिँय सरकार अन्र्तगतका फरकफरक निकायमा कर तिर्नुपर्दा खर्चिलो र झण्झटिलो हुने गरेको उनको भनाई छ । एकै ठाउँमा वार्षिक कर बुझाउने व्यावस्था भएमा आफुहरुलाई सहज हुने व्यावसायिले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement