छेङ्दु नगरले काठमाडौं महानगरपालिकालाई दियो दुई वटा ब्रुमर उपहार

Advertisement

काठमाडौं । चीनको छेङ्दु नगरले काठमाडौं महानगरपालिकालाई दुई वटा ब्रुमर दिएको छ । युरो ५ मापदण्डका यी ब्रुमर यसअघि भएको सम्झौताअनुसार महानगरलाई प्राप्त भएको हो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा छेङ्दुले ब्रुमरहरु दिन सहमति जनाएको थियो ।

महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ ।

१५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ ।

९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपियाँ पर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement